उपत्यकामा ३५४ सहित ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

काठमाडौं, २१ भदौ : कोरोना भाइरसका ९८० संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९८० संक्रमित थपिएको जानकारी दिए ।
जसमा २९० महिला र ६९० पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको १७ संख्या २७ हजार रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२-३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८१४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९४३ जना रहेको छ ।
आज देशभरका हजार १० जनाको ३८२ पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार २०१ जना र होम आइसोलेसनमा ७ हजार ८२६ रहेका छन् । आजसम्म देशभर ४ हजार ३०३ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै, पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् भने मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
