अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिए

काठमाडौं, १९ भदौ : अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा राजीनामा घोषणा गरेका उनले सिंहदरबारमा बिदाइ भेटघाट गरेपछि बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेपछि खतिवडाले राजीनामा दिएका हुन् । संवैधानिक प्रावधान अनुसार उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि राजीनामा दिएका हुन् ।

फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त खतिवडाले ओलीलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् । बालुवाटारमा भएको मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्रालयमा भएको बिदाइ भेटका क्रममा खतिवडाले आफ्नो कार्यकाल सफल भएको बताए । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

अर्थमा उनले संघीयता कार्यान्वयनका लागि आफूले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । खतिवडाले संघीयता कार्यान्वयनका क्रममा वित्तीय व्यवस्थापन अति चुनौतीपूर्ण रहेको अवस्थामा त्यसलाई आफूले कुशलतापूर्वक सम्हालेको उल्लेख गरेका थिए ।

मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

उनी आजैदेखि मन्त्री क्वार्टर छोडेर निजी निवासमा सरेका छन् ।

मन्त्री खतिवडाको कार्यकाल भदौ २० गतेसम्म रहेको थियो । संघीय संसदको सांसद नभएको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री हुन नपाउने भएकाले उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.