खुकुलो बनाइयो उपत्यकाको निषेधाज्ञा : के खुल्ने, के नखुल्ने ? (विज्ञप्ती सहित)

काठमाडौं, १७ भदौ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ ।
भदौ २४ गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गर्दै त्यस अवधिमा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी मात्र बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने भएको छ भने खाद्य वस्तु, दूध, फलफूल, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

विज्ञप्तिमा बिहान ११ बजेसम्म किनमेल र हिँडडुलका लागि खुकुलो गरिएको छ । त्यस्तै बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गर्न समेत सक्ने जनाइएको ।
उता, होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।
विमानस्थलदेखि होटलसम्म जाने सवारी पनि सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ । स्वाब परीक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेलसम्म अनिवार्यरुपमा होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि भदौ १० देखि १७ सम्म थप गरिएको थियो । तेस्रो पटक फेरि एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।
अन्य काम के गर्न पाइन्छ, के पाइँदैन ? तलको विज्ञप्ती हेर्नुहोस्ः
KTM_CDO_PREss_Release