पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु

काठमाडौं, १६ भदौ : पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक ४ वर्षीया बालिका र १० जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा पर्साका ५३, ८० र ६० वर्षीय, काठमाडौंका ७० र ३५ वर्षीय, महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङगलमा व्यवस्थापन गर्दै नेपाली सेनाको टोली । तस्वीरः मेनका चौधरी

हालसम्म कुल संक्रमितको ० दशमलव ५९ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.