उपत्यकामा ४८१ सहित एक हजार ६९ जनामा संक्रमण, संक्रमितको संख्या ४० हजार ५२९

काठमाडौं, १६ भदौ : कोरोना भाइरसका संक्रमित एक हजार ६९ थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ संक्रमित थपिएको जानकारी दिए । जसमा ३४४ महिला र ७२५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।
यसैगरी, बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी, पछिल्लो २४ घण्टामा ७६८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगैं नेपालमा हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ७ लाख ५ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।
यस्तै, देशभर १७ कोरोना संक्रमित भेन्टिलेटरमा र १२७ जना आईसीयूमा उपचार भइरहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० रहेका छन् । आजसम्म देशभर ७ हजार ३९० जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यीसहित कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।
