कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको निधन

काठमाडौं,१६ भदौ : पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

७० वर्षीय चालिसे लामो समयदेखि मुटुको समस्याका कारण उपचाररत थिए । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए ।

भाद्र ११ गते अस्पताल भर्ना भएका उनमा उपचारकै क्रममा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनको मंगलबार बिहान गंगालाल अस्पतालमा बिहान ७ बजे निधन भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.