अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन’
काठमाडौँ, १६ भदौ : जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो । त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए । सिल गर्नुको कारण सोध्दा अस्पताल व्यवस्थापकको सहज उत्तर हुन्छ, ‘संक्रमण नफैलियोस् भनेर ।’
सरकारले कोरोना संक्रमितको उपचार गर्न मुलुकभरका सबै अस्पताललाई निर्देशन दिएको छ । तर, अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने ? विज्ञ भन्छन्, ‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन ।’
कोरोना उपचारमा संलग्न पहिलो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु हालसम्म सिल गरिएको छैन । अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्, ‘हामीले अस्पताल सिल पनि गरेका छैनौं । उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमित भएका छैनन् ।’ टेकु अस्पतालले सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेका बेला काठमाडौंकै केही सरकारी एवं निजी अस्पताल बेलाबखत सिल गरिएको छ ।
यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
