काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं, १५ भदौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएको छ ।

श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि दुई दिनअघि ग्रान्डी अस्पतालमा शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् ।

यसैगरी मेयर शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.