भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं, १५ भदौ : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए । उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका उनलाई  गत अगस्ट १० मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.