संस्कृत शिक्षाप्रति युवाको आकर्षण   

वालिङ, १५ भदौ : स्याङ््जाको वालिङ नगरपालिका—८ भीमटारीका युवाहरु सांस्कृतिक पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित सांस्कृतिक पाठशालाप्रति उनीहरु आकर्षित भएका हुन् ।

भीमटारी सामुदायिक सिकाइ केन्द्रको आयोजना र मोहिनीशरण स्मृति प्रतिष्ठानको सहआयोजनामा सञ्चालन गरिएको पाठशालामा पहिलो चरणमा पितृ कार्यअन्तर्गत श्राद्ध पद्धति, वेद पाठ, अग्नि स्थापनाका बारेमा कर्माभ्यास गराइएको आयोजक अध्ययन केन्द्रका अध्यक्ष नेत्रप्रसाद रेग्मीले बताउनुभयो ।

“पछिल्लो समयमा धार्मिक एवं सांस्कृतिक कार्यहरुमा युवाहरुको रुची कम हुँदै गइरहेको छ” अध्यक्ष रेग्मीले भन्नुभयो, “पितृ कार्य तथा शुभकार्यका लागि पण्डित, पुरोहितहरुको सङ्ख्या कमी हुँदै गएकाले पनि युवालाई यतापट्टि आकर्षित गरी कर्म अभ्यास गराएका हौँ ।”

कोभिड १९ को बन्दाबन्दीलाई सदुपयोग गर्दै गत जेठ ११ गतेबाट सञ्चालन गरिएको पाठशालामा स्थानीय युवाको सहभागिता रहेको मोहोनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले बताउनुभयो । पाठशालामा १८ देखि ५० वर्ष उमेर समूहका ३० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.