उपत्यकामा ४२९ सहित थप १ हजार २२१ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ भदौ : कोरोना भाइरसका एक हजार २२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ पुरुष गरी १ हजार २२१ संक्रमित थपिएको जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २६७ जना डिस्चार्ज भएका छन् । यो संगैं हालसम्म २० हजार ८२२ जना डिस्चार्ज भएका छन् ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ६१२ जना र होम आइसोलेसनमा ६ हजार ९०६ रहेका छन् । आजसम्म देशभर ७  हजार ७९७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ७१७  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ८२   हजार ३४३  जनाको पीसीआर परीक्षण गरिएको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । यसैगरी मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५६१  पुगेको छ ।

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेका चार महिला र १० पुरुष गरी १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।

यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।

उनका अनुसार सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय , रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६५ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.