उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ भदौ : शनिबार देशभर कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३४० पुगेको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमित निको भएका छन् भने हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ ।
यस्तै, हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् । यसैगरी हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ को मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ ।
शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, ललितपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए ।
यसैगरी पर्सा र ललितपुरका २–२, काठमाडौं, गोरखा, सिरहा, कास्की र भक्तपुरका १–१ गरी ८ जना पुरुषको मृत्यु भएको जानकारी दिएका छन् ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
