मौसम पूर्वानुमान : मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं,
महाशाखाले
साथै भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै जाने जनाएको छ ।
महाशाखाले शनिबार जारी पूर्वानुमानमा दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।
यस्तै, शनिबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
