मेसीले भने– ‘बार्सिलोना छाड्न चाहन्छु’

काठमाडौं, १० भदौ : लियोनल मेस्सीले पुन बार्सिलोना छाड्न चाहेको कुरा दोहो¥याएका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलाेनाका पदाधिकारीसंग भेट गरि आफु क्लब छाड्न ईच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् ।

अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८-२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने मनसाय बनाएका थिए ।

बार्सिलोनासंग ३३ बर्षिया फरवार्डको सम्झौता मात्र एक बर्ष बाँकी छ ।

तर मेस्सीले एक बर्ष बाँकी छँदै क्लब छाड्न चाहेको प्रष्ट पारेका छन् ।

मेसीले क्लबसँग सन् २०१७ मा सम्झौता बढाएका थिए जून सन् २०२१ मा समाप्त हुँदै छ । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मेसीले जुनसुकै बेला पनि क्लब छोड्न सक्छन् ।

मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमा १६ अक्टोबर सन् २००४ मा डेब्यू गरेका थिए । अहिलेसम्म उनले टीमका लागि ७ सय ३१ खेलमा ६ सय ३४ गोल गरे र २ सय ७६ वटा गोल हान्न सहयोग गरे । उनले टीमलाई १० ला लिगा र ४ यूइएफए च्याम्पिनन्स लीगसमेत ३४ उपाधि जिताएका छन् ।

यसैबीच, मेस्सीको पछिल्लो अवस्थाबारे म्यान्चेष्टर सिटीले अनुगमन गरिरहेको छ । सिरि ए क्लब ईन्टर मिलान र फ्रान्सेली क्लब पीएसजी समेत मेस्सी अनुबन्धनमा निकै ईच्छुक छ ।

मेस्सीलाई अनुबन्धन गर्न युरोपका ठुलो क्लबले ईच्छा देखाएका छन् । तर उनीमाथि क्लबले राखेको रिलिज क्लजले अर्जेन्टिनी फरवार्डलाई यस समर ट्रान्सफरमा बार्सिलोना छाड्न समस्या पर्न सक्ने आँकलन गरिएको छ । मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ ।

मेस्सी बार्सिलोना छाडेको खण्डमा केही थोरै क्लबले मात्र उनलाई तलब दिन सक्नेछन् । जसमा ईन्टर, पीएसजी र म्यान्चेष्टर सिटीले मेस्सी अनुबन्धनमा निकै जोड गरिरहेका छन् ।

यस्तै, इन्टर मिलान मेसीका प्रतिद्वन्द्वी रोनाल्डो इटलीको क्लब युवेन्टससँग खेल्छन् । यस्तोमा इन्टर मिलानले मेसीलाई अनुबन्ध गरेर यी दुईलाई पुनः प्रतिद्वन्द्वीको रुपमा मैदानमा उतार्न चाहन्छ ।

अमेरिकन मेजर लिग सकर वा चाईनिज सुपर लिग समेत मेस्सीको नयाँ गन्तव्य बन्न सक्ने लख काटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.