कोरोनाका बिरामी व्यवस्थापनमा कठिनाइ
काठमाडौँ, ६ भदौ : नेपालमा संक्रमण हुने जिल्ला र संख्यासमेत फैलिँदै गएपछि सरकारलाई बिरामी उपचारमा कठिनाइ परेको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् ।
कोभिड–१९ व्यवस्थापनमै सरकारले तोेकेका हब तथा सेटलाइट अस्पतालहरूले समेत व्यवस्थापनमा सहयोग नगर्दा त्यस्तो हुन गएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताए ।
‘निजी अस्पताल र मेडिकल कलेजले सहयोग गर्न मानेका छैनन्,’ उनले भने । त्यसैगरी स्थानीय टोलछिमेकले लक्षण नभएका संक्रमितलाई समेत घरमा बस्न नदिएपछि संस्थागत आइसोलेसन र अस्पतालमा राख्नैपर्ने बाध्यता परेको मन्त्रालयले जनाएको छ ।
‘लक्षण नभएकालाई होम आइसोलेसनमा राख्न टोलवासीले फैलिने शंका गरेर बस्न नदिएको अवस्था छ,’ उनले भने ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
