प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

काठमाडौं, ३१ साउन : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७४ औं भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना तथा बधाई दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री अ‍ोली र प्रधानमन्त्री मोदी बीच टेलिफोन संवाद भएको बताएका छन् । दुईजनाको बीचमा अन्य के कुरा भयो त्यसको बारेमा परराष्ट्र मन्त्रालयबाट जानकारी आउने पनि उनले बताए ।

करिब ११ मिनेट कुराकानी भएको र फोनवार्तामा भएका कुराबारे परराष्ट्र मन्त्रालयले जानकारी दिने बताइएको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर दुई प्रधानमन्त्री कुराकानी भएको र वार्ता–संवादलाई निरन्तरता दिने समझदारी भएको प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएएका छन् ।

यसअघि, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग गत अप्रिल १० तारिखका दिन कुराकानी गर्नुभएको थियो ।

नेपालले लिम्पियाधुरासहितका भूमि समावेश गरेर नक्सा जारी र निशान छापमा समेत राखेपछि ओली-मोदी कुराकानी भएको थिएन ।

सीमा विवादलगायतका विषयमा भारतसँग दुरी बढिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसर पारेर फोन संवाद गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.