बार्सिलोनालाई ८-२ गोलले पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं, ३१ साउन : च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले शर्मनाक हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो ।

जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । यो प्रतियोगितामा बार्सिलोनालाई सँधै उपाधिको दाबेदार मानिन्छ । तर, यो पटक बार्यनले बार्सालाई नमिठो बिदाई गरिदिएको छ ।  बार्यनलाई जीत दिलाउने क्रममा बार्साको पोष्टमा थोमस मुलर र फिलिप कौटिन्होले समान दुई–दुई गोल गरेका थिए । खेलको चौथो मिनेटमा नै मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।

सातौं मिनेटमा बार्यनका डबिड अलाबाले आत्मघाती गोल गरेपछि बार्सिलोना बराबरीमा पुगेको थियो । तर २२ औं मिनेटमा इभान पेरिसिक, २८औं मिनेटमौ सर्ज ग्रन्बी र ३१ औं मिनेटमा मुलरले दोस्रो गोल गरेपछि बार्सा ४–१ ले पछाडि परेको थियो ।

दोस्रो हाफ सुरु भएपछि खेलको ६३ औं मिनेटमा जोसुवा किमिचले बार्यनका लागि फेरि गोल थपे । ८२ औं मिनेटमा रोबन लेवानडोस्की र ८५ र ८९ औं मिनेटमा फिलिपे कौटिन्होले बार्साको पोष्टमा गोल गरे । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

पछिल्लो जीतसँगै बार्यन म्युनिखले अन्तिम चारमा स्थान पक्का गरेको छ । अब बायर्नले सेमिफाइनलमा प्रीमियर लिग क्लब म्यानचेस्टेर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.