काठमाडौं उपत्यकाका ५३ सहित थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ साउन : मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका १ जना गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्रिवि शिक्षण अस्पताल ९टिचिङ० मा गरिएको परीक्षणमा काठमाडौंका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ९ र ललितपुरका १ जना संक्रमित थपिएका उनले जानकारी दिए ।
त्यसैगरी, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका २१ जना कोरोना संक्रमित थपिएका छन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।
यस्तै, ५ हजार १ सय २९ जना अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् भने देशभरीका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।
कोरोनाबाट थप एकको मृत्यु, मृतकको कुल संख्या ४९ पुग्यो
मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ती पुरुषमा दमको समस्या थियो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
कोभिड(१९ संक्रमणबाट मृत्यु भएका जिल्लाहरुमा सिन्धुपाल्चोक २, बाँके २, गुल्मी ३, बारा ३, ललितपुर २, अर्घाखाँची २, दैलेख २, बाजुरा १, दोलखा १, पाल्पा १, सुर्खेत १, कैलाली ४, डोल्पा १, स्याङ्जा २, चितवन १, पर्सा ५, दाङ १, रौतहट २, अछाम १, म्याग्दी १, काठमाडौं ३, गोरखा १, रुपन्देही १, बाग्लुङ १, सप्तरी १, महोत्तरी १, धनुषा १, बझाङ १ र १ जना चिनियाँ महिला सहित ४९ जनाको मृत्यु भएको छ ।
