कमलादीबाट १५ किलो सुन बरामद

काठमाडौं, १३ साउन : प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।

एसएसपी श्याम ज्ञवालीले १५ किलो सुनको पोको फेला परेको पुष्टि गरेका हुन् । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

‘सुन पोकोमा भेटिएको छ’, उनले भने,‘सुन छाडेर भागेकाहरूको खोजी जारी छ ।’ प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरीले बताएको छ ।

सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य करिव १२ करोड ६३ लाख  बराबरको रहेको छ ।

यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.