कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं, १० साउन : कोरोनाबाट नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस संक्रमणबाट बाराकी १७ वर्षीया एक किशोरीको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बारा परवानीपुर वडा नम्बर ८ की ती किशोरीमा कोरोना पोजेटिभसँगै पखला, श्वासप्रश्वासलगायत समस्या पनि देखिएको थियो ।

गण्डक कोभिड अस्पताल वीरगंजमा उनको हिजो साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । साउन ८ गते स्वाब संकलन गरिएको र ९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनको शरीरमा अक्सिजनको मात्रा पनि कम भएको थियो ।

यो सँगै नेपालमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु भएका जिल्लाहरुमा सिन्धुपाल्चोक २, बाँके २, गुल्मी ३, बारा २, ललितपुर २, अर्घाखाँची २, दैलेख २, बाजुरा १, दोलखा १, पाल्पा १, सुर्खेत १, कैलाली ४, डोल्पा १, स्याङ्जा २, चितवन १, पर्सा ४, दाङ १, रौतहट २, अछाम १, म्याग्दी १, काठमाडौं ३, गोरखा १, रुपन्देही १, बाग्लुङ १, सप्तरी १, महोत्तरी १ र १ जना चिनियाँ महिला सहित ४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.