गल्छी गाउँपालिकाको कर्मचारीद्धयको तस्वीर सञ्जालमा भाइरल

काठमाडौं, ५ साउन : केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भयो ।

सरकारी बाइकमा सवार एक जोडी विशेष गरी महिलाले ढाड देखाएका फोटो सामाजिक सञ्जालमा खुबै शेयर भए । गैरसरकारी क्षेत्रका धेरैले तस्वीरका बिषयमा लिएर अनेकन टिका टिप्पणी गरिरहँदा सरकारी सेवामा कार्यरत कर्मचारीहरुले भने यो बिषयमा रक्षात्मक टिप्पणी पेश गरिरहेको भेटिन्थ्यो । के उनीहरु साच्चै सरकारी कर्मचारी नै हुन् ? वा तस्विर नै इडिट गरिएको थियो ।

सोधखोज गर्दै जाँदा थाहा भयो त्यो इडिट गरिएको तस्वीर चाहिँ थिएन् । त्यो फोटो इडिट गरिएको नभई बास्तविक सरकारी कर्मचारी रहेको खुलेको छ ।
र प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको मोटर साईकल धादिङ जिल्लाको गल्छी गाउँपालिकाको भएको खुलेको छ ।

मोटरसाइकलमा यात्रारत युवा र युवति दुबै सरकारी कर्मचारी नै भएको गल्छी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार, दुवै कर्मचारी भर्खरै सरकारी सेवामा प्रवेश गरेका हुन् । उनीहरु गल्छीबाट निजामती किताबखानाको कार्यालय पुल्चोकतिर आउँदै थिए ।

सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर भर्ने उदेश्यले काठमाडौं आएका थिए । उनीहरु सिटरोल बनाउनका लागि गल्छीदेखि काठमाडौंतिर उक्लदै गर्दा कसैले फोटो खिच्यो र सामाजिक सञ्जालमा पोस्टायो । त्यही फोटोलाई एक जना पूर्व सचिवले समेत आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरे । पछि उनले त्यो फोटो हटाए ।

एक पछि अर्काे व्यक्तिले सामाजिक सञ्जालमा यो तस्वीर शेयर गरेको देखिन्थ्यो । र भइदिए बीच बाटैमा भाइरल । गाउँपालिकाको कार्यालयबाट अनुमति लिएरै उनीहरु राजधानी भित्रिएका थिए । तर मोटरसाइकलमा सवार कर्मचारी युवतीको कारण त्यो तस्वीर रातारात भाइरल बन्न पुग्यो ।

त्यसमा ती युवतीको केही दोष थिएन् । दोष थियो त हेर्नेहरुको नजरको ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.