थप १८६ जनामा कोरोना संक्रमण पुष्टि, १७३ जना डिस्चार्ज

काठमाडौं, ५ साउन : पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

कोरोना संक्रमितको कुल संख्या १७ हजारभन्दा बढी पुगेको छ । देशभर सक्रिय संक्रमितको पाँच हजार ९३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ८६८  जनाको उपचारपछि डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि गौतमले बताए ।

पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट कैलाली र बाजुरा रहेका छन् ।

त्यसैगरी शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।

यसैगरी, हालसम्म देशभर मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोक २, बाँके २, गुल्मी ३, बाराका १, ललितपुर २, अर्घाखाँची २, दैलेख २, बाजुरा १, दोलखा १, पाल्पा १, सुर्खेत १, कैलाली ४, डोल्पा १, स्याङ्जा २, चितवन १, विरगञ्ज १, पर्सा १, दाङ १, रौतहट २, अछाम १, म्याग्दी १, काठमाडौं ३, गोरखा १, रुपन्देही १, बाग्लुङ १ र सप्तरीमामा १ जना गरी ४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.