बिपी प्रतिष्ठान धरानको रजिष्ट्रारमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त
काठमाडौं, ४ साउन : सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्राडा मोहनचन्द्र रेग्मीलाई नियुक्त गरेको छ । उनी नेपाल चिकित्सक संघको धरानका शाखाका अध्यक्षसमेत छन् ।
डा रेग्मीलाई प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार प्राडा रेग्मीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।
मन्त्रालयले उनलाई पाँच वर्षसम्मका लागि रजिष्टारमा नियुक्त गरेको बताइएको छ । प्रतिष्ठानमा एक वर्षदेखि रजिष्ट्रार पद रिक्त थियो । प्राडा रेग्मी प्रतिष्ठानको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख हुन् ।
प्राडा रेग्मी सन् २०१७ मा ‘वेस्ट प्रोफेसर इन अब्स्ट्रेटिक एण्ड गाइनेकोलोजी’ अवार्डबाट पुरस्कृत भएका थिए।
