काठमाडौं उपत्यकामा ३ सहित १०१ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं, २ साउन : नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुर २ जनामा कोरोना देखिएको छ ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ्) मा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमण मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

मृत्यु हुनेमा सप्तरीका राजविराज नगरपालिका-१ का ७३ वर्षीय एक पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनी मधुमेह र मुटुका दीर्घरोगी रहेको बताइएको थियो । उनी असार १ गते बेलुका खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा भर्ना भएका थिए ।

उनको साउन १ गते राति १०:१५ बजे निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

उनी इमर्जेन्सीमा आएपछि स्वाब संकलन गरिएको र उक्त स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । उनीहरुमध्ये ११ हजार ५३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५ जना डिस्चार्ज भएका छन् ।

यसैगरी, हालसम्म देशभर मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोक २, बाँके २, गुल्मी ३, बाराका १, ललितपुर २, अर्घाखाँची २, दैलेख २, बाजुरा १, दोलखा १, पाल्पा १, सुर्खेत १, कैलाली ४, डोल्पा १, स्याङ्जा २, चितवन १, विरगञ्ज १, पर्सा १, दाङ १, रौतहट २, अछाम १, म्याग्दी १, काठमाडौं ३, गोरखा १, रुपन्देही १, बाग्लुङ १ र सप्तरीमामा १ जना गरी ४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.