विप्लव समूहका नेता ओमप्रकाश पुन पक्राउ
धनगढी, ३१ असार : प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् ।
नेत्रविक्रम चन्द समूह, सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई धनगढी उपमहानगरपालिका–७ बेली गाउँबाट प्रहरीले आज पक्राउ गरेको छ ।
उहाँसँगै सङ्गीता धामी नाम गरेकी महिलालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।
