अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण
काठमाडौं, २८ असार : चर्चित भारतिय अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्ठि भएको छ ।
उनमा कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि वहाँहरुले पनि आफ्नो कोरोनाको परीक्षण गराउनुहोला ।’
