काठमाडौं उपत्यकामा ४२ सहित थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ असार : कोरोना भाइरसका ११८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ ।

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका ६ जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी ६जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

हालसम्म देशभरबाट ८ हजार ११ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना देखिएको बताए  । त्रिवि शिक्षण अस्पतालमा गरीएको परीक्षणमा काठमाडौंका १२ जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ४, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १, पर्साका १, दाङका १, रौतहट १, अछाम १, म्याग्दी १ र काठमाडौं १, गोरखा १, रुपन्देही १, बाग्लुङमा १ जना गरी ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.