कोरोना संक्रमणबाट बागलुङमा एकको मृत्यु, मृत्यु हुनेको संख्या ३५ पुग्यो

काठमाडौं, २२ असार : कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका-३ का २९ वर्षीय पुरुष रहेका छन् ।

उनी असार २१ गते मृत्यु भएको हो । उनी ढोरपाटन नगरपालिकाको क्‍वारेन्टिनमा रहेको बताइएको छ ।

यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ४, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १, पर्साका १, दाङका १, रौतहट १, अछाम १, म्याग्दी १ र काठमाडौं १, गोरखा १, रुपन्देही १, बाग्लुङमा १ जना गरी ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.