काठमाडौं उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १८ असार : काठमाडौंमा आज २८ जनामा कोरोना भाइरस देखिएको छ ।
शिक्षण अस्पताल माहारागञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

