गण्डकी प्रदेशमा २८७ जनाले जिते कोरोना  

चिप्लेढुङ्गा, १८ असार  : गण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले कोरोना जितेर घर फर्केका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना , गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले कोरोना जित्न सफल भएका हुन् । यसअघि २१४ जनाले निको भएका थिए ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बिहीबारसम्ममा एक हजार १४ पुगेको छ ।

बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना सङ्क्रमित देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.