काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित भेटिए

काठमाडौं, १६ असार : मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए ।

संक्रमितमा काठमाडौंका १२ जना,  भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन् । काठमाडौंमा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना पुष्ठि भएको छ ।

यो संगैं काठमाडौं उपत्यकामा आज कोरोना संक्रमित १४ जना थपिएका छन् ।

यसअघि हिजो सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.