शनिबारको मौसम पूर्वानुमान : मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, १३ असार : मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र यसका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ ।
महाशाखाले हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहेको र देशभरका थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।
शनिबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, शनिबार राति देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।
यस्तै, प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
