कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौँ, ९ असार : कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणको कारणले आज एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दैलेख दुल्ल नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको कोभिड–१९ को कारण मृत्यु भएको जानकारी दिइयो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती व्यक्तिको सुर्खेतस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको क्रममा हिजो असार ८ गते मृत्यु भएको हो । उनी क्षयरोग र दमका बिरामी रहेका थिए ।

दैलेखको दुल्लु अस्पतलामा उपचार नभएपछि यही असार ३ गते प्रादेशिक अस्पतालमा थप उपचारका लागि पठाइएको थियो । मृतक व्यक्तिको यही असार ३ गते स्याब सङ्कलन गरी परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

उनीसँगै अहिलेसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.