पाँचौँ आइसिटी अवार्ड हुने

काठमाडौँ, ९ असार : ननीवनतम् सूचना प्रविधिलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने उद्देश्यले ‘पाँचौँ सस्करणको ‘आइसिटी अवार्ड–२०२०’ आयोजना हुने भएको छ ।

लिभिङ विथ आइसिटी पत्रिकाद्वारा अयोजना हुन सो प्रतियोगितामा भाग अगामी साउन १६ गतेसम्म अनलाइन आवेदन दिन सकिने सो पत्रिकाका प्रधानसम्पादक राजन लम्सालले जानकारी दिनुभयो ।

हरेक वर्ष साउनको अन्तिम हप्ता आयोजनन हुँदै आएको सो कार्यक्रम यस वर्ष कोभिड–१९ को कारणले मिति तय नभएको जनाइएको छ । स्टार्टअप, प्रडक्ट, पायोनियर, नेपाली डायस्पोरा, आन्टरप्रेनर, मिडिया पर्सन, डिजिटल गभर्नेन्स, डिजिटल एजुकेशन आइसिटी अवार्ड लगायतका ११ विधामा पुरस्कार प्रदान गरिन्छ ।

इन्नोभेसन इन क्राइसिस रेस्पोन्स र वुमन आइकन आइसिटी अवार्ड यस वर्ष थप गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.