भोकमरी हटाउन कृषिकर्ममा जुट्न आब्हान गर्दै कलाकार बाबु जिम्बा

प्रकाश समीर ।  काठमाडौं, ८ असार : कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती तथा गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको सिर्जनामा समसामयिक गीत ‘हामी किसान’ बजारमा आएको छ ।

समाजसेवी बीरबहादुर तामाङ पछिल्लो समयमा चलचित्र तथा म्यूजिक भिडियोहरुको अभिनयमा बाक्लिन थालेका छन् । कृषिप्रधान देश नेपालमा कृषिकर्मको सम्भावनाबारे जनचेतना फैलाउने प्रस्तुत गीतले भोकमरी रोक्नलाई, निर्यात घटाउनका लागि कृषिकर्म गर्न सबैलाई आग्रह गरेको छ ।

गीतमा आफ्ना पुर्खाले गर्दै आएको पेशालाई अबको पुस्ताले प्रोत्साहन दिनुपर्ने सन्देश दिन खोजिएको छ । अहिले कोरोना भाईरस (कोभिड–१९) का कारण सर्वत्र भोकमरीको चिन्ता हुन थालिरहेको छ ।

लामोसमयसम्म बन्दाबन्दीमा बस्नु पर्दा कतै भोकमरीका कारणले कोरोनाले भन्दा पनि बढी भयावह स्थिति ल्याउने हो कि भन्ने खालको विश्लेषणसमेत हुन थालिरहेको बेला नेपालमा भएको प्रचुर सम्भावनामाथि प्रकाश पार्दै प्रस्तुत गीत बजारमा ल्याएको गीतका सर्जक तथा निर्देशक बाबु जिम्बाले बताए ।

चलचित्र तथा गीतसंगीतको क्षेत्रमा अनबरत रुपमा लागि परेका बहुमुखीप्रतिभाका धनी कलाकार बाबु जिम्बाको समेत आवाज रहेको प्रस्तुत गीतमा एरेन्जर, संगीतकार कारसाङ लामा, गायकद्धय आकाश र सन्तोष तामाङले आवाज दिएका छन् ।

कारसाङ लामाको संगीत तथा म्यूजिक एरेन्ज रहेको गीतको चलदृश्यको निर्देशन सर्जक बाबु जिम्बाले गरेका छन् । सेवा फिल्मको आधिकारिक यूटुव च्यानलबाट बजारमा आएको प्रस्तुत गीतको भिडियो सम्पादन आशिष जिम्बाले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.