आज सूर्यग्रहणः बिहान १०:५० बजेबाट दिउँसो २:२३ बजेसम्म
आनन्द भुषाल । काठमाडौं, ७ असार : आज आईतबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ ।
ग्रहण आईतबार बिहान १०:५० बजे शुरुवात भई मध्य मध्याह्न १२:३८ बजे र मोक्ष समय दिउँसो २:२३ बजेहुनेछ । सूर्यग्रहण को समयअवधि जम्मा ३ घण्टा ३३ मिनेट लामो हुनेछ ।
जब चन्द्रमा पृथ्बी र सूर्यको बीचमा आउँदछ चन्द्रमाले सूर्यको केही भागलाई छेक्छ र पृथ्बीमा सूर्यको प्रकाश पूर्ण रुपले आउन पाउदैन यो अवस्थालाई सूर्यग्रहण भनिन्छ । यो सूर्यग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अमेरिका लगायत विश्वका बिभिन्न देशहरु बाट देख्न सकिन्छ । यो सूर्यग्रहण आषढ कृष्णऔंशी तिथिमा आईतबार बिहान देखी लाग्दैछ ।
सूर्यग्रहणको १२ घण्टा पहिला देखि सुतक कालआरम्भ हुन्छ सुतककालको समय भोजन निषेध गरिएको छ, तर बृद्ध, बिरामी ब्याक्ति, अशक्त र साना केटाकेटी तथा गर्भबती महिलाहरुको लागि छुट छ । गर्भबती महिलाहरुले बिशेष सावधानी अपनाउनु पर्नेछ ।
सकेसम्म घरबाट बाहिर ननिस्किनु र धारिलो हातहतियार प्रयोग गर्नु पनि राम्रो मानिदैन त्यसैले सके सम्म ग्रहण अवधिभर कुनैपनि हतियारहरु नचलाउनु होला, यो समयमा खाना पकाउनु र राख्नु पनि राम्रो हुदैन यदि राख्नु परेको खण्डमा तुलसीको पात राखेर छोपेर राख्नु राम्रो हुन्छ, यो समयमा कुनै पनि शुभकार्यहरु गर्नु राम्रो मानिदैन ।

ग्रहणको समयमा मन्त्र जप्नु मन्त्रोउच्चारण गर्नाले अघि पछिको समयमा भन्दा बढी पुण्य प्राप्ती गर्ने धार्मिक मान्यता रहि आएको छ ।
यो सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिलाई शुभफलदायक छ । यि चार राशिले बिशेष सावधानी अपनाएर ग्रहण अवलोकन गर्न मिल्छ । बृष, मिथुन, कर्कट, तुला, बृशचिक, धनु, कुम्भ र मीन राशिलाई सामान्य छ, बिशेष गरी मिथुन राशि हुनेहरुलाई केही अशुभ छ ।
यदि घर बाहिर निस्किनु परेमा तुलसीको पात र कुश साथमा राखेर निस्किनु राम्रो र सुरक्षित मानिन्छ ।
यदि कसैलाई कुनै मन्त्र थाहा छैन भने ऊँ उच्चारण गर्दा पनि हुन्छ । गायत्री मन्त्र महा मृत्युञ्जन्य मन्त्र, सूर्यमन्त्र उच्चारण गर्दा हुन्छ । ऊँ धृणि: सूर्याय नम: ऊँ आकृष्णेन: ऊँ आदित्य नम: ऊँ भाष्कराय नम: र ग्रहणको अवधि सकिए पछि स्नान गरेर अरु काम गर्दा शुभ फलदायक हुन्छ ।
(भुषाल युवा ज्योतिष हुनुहुन्छ ।)
