एडिबीले तीन करोड बढीका स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौँ, ३ असार : एशियाली विकास बैंक (एडिबी)ले रु तीन करोड भन्दाबढीका स्वास्थ्य सुरक्षा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न एशियाली विकास बैंकले संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) लाई प्रदान गरेको तीन लाख डलर बराबरको अनुदानबाट सुरक्षा सामग्री किनेर आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

कोभिड–१९ महामारीविरुद्ध जारी प्रतिकार्यमा नेपाललाई सघाउन आज हस्तान्तरण गरिएका आपत्कालीन स्वास्थ्य सामग्री तथा उपकरण नेपालभरिका कोभिड–१९ अस्पतालमा ‘आइसोलेशन वार्ड’ तयार गर्न प्रयोग हुने एडिबीले जनाएको छ ।

त्यसैगरी युनिसेफले कोभिड–१९ फैलिन नदिन नेपाल सरकार तथा अन्य साझेदारसँग निकट सम्पर्कमा रहेर सहकार्य गरिरहेको र सक्दो सहयोग पनि गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.