कुवेतबाट फर्किएका महिलालाई खरिपाटी क्वारेन्टाइनमा राखियो

भक्तपुर, ३० जेठ : कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको छ ।

कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको हो ।

कुवेतबाट फर्किँदा गरिएको कोभिड–१९ को परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम मापन गर्दा दुई जनामा ज्वरो आएको पाइएपछि सबैलाई खरिपाटी क्वारेन्टाइन लगिएको हो ।

विपद् व्यवस्थापन समिति (सिसिएमसी) भक्तपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाउने तयारी गरिएपनि फर्किएकामध्ये दुईलाई ज्वरो देखिएपछि सबैलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

ज्वरो देखिएका दुई जनाको आजै स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

आममाफी गराई १४० महिला, दुई वर्षमुनिका दुई बालबालिका र १२ वर्षमुनिका सात बालबालिकालाई कुवेतले सरकारले आफ्नै जहाजबाट निःशुल्क आज नेपाल ल्याइदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.