कोभिड–१९ बाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौँ, ३० जेठ : कोरोना भाइरस कोभिड–१९ बाट आज थप एक जना मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको निधन भएको बताउनुभयो । गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोला नजिक उहाँको निधन भएको हो ।

उहाँ १२ दिनअघि भारतको महाराष्ट्रबाट आई सोही ठाउँको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्नुभएको थियो । क्वारेन्टिनमा बसेका बेला स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा गौतमले मृत्युपछि उहाँको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार जेठ २९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो ।

यो संगैं कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.