सार्वजनिक यातायात नचल्ने, निजीमा जोर बिजोर प्रणाली लागू

काठमाडौं, २९ जेठ : सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । तर सरकारले निजी सवारी साधान सञ्चालनमा भने सहज व्यवस्था लागु गरेको छ ।

लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप पहिलो चरणमा सरकारले यस्तो व्यवस्था गरेको हो ।

अब निजी गाडीमा चालकबाहेक थप दुई जना मात्रै सवार हुन पाइने भएको छ ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।

निजी सवारीसाधन जोर बिजोर प्रणालीबाट सञ्चालन हुने छन् । यस्ता सवारीसाधन काठमाडौंका हकमा उपत्यकाभित्र र उपत्यकाबाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.