कालीकोट दुर्घटना : दुई जनाको मृत्यु, ६ जना बेपत्ता
मान्म, २८ जेठ : कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ ।
उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।
टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो ।
उहाँका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र नौ घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार रहेको जनाइएको छ ।
३९ जना सवार रहेको टिपरबाट १७ जना बाटोमै उत्रिएको पाइएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । १४ जनाको भने उद्धार गरिएको छ । तीमध्ये चारजनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट ल्याउने तयारी गरिएको हो ।
