रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा
काठमाडौं, २८ जेठ : रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।
कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको जानकारी दिए ।
२०६९ मंसिर १९ गतेदेखि चार वर्ष पहिलो कार्यकाल पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि चार वर्षका लागि पनि नियुक्त भएका थिए । तर कार्यकाल पूरा हुनुभन्दा सात महिना अगाडि नै कार्कीले राजीनामा दिएका छन् ।
उनले आफ्नो राजीनामा पत्रमा स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख छ ।
यसअघि २०७७ बैशाख १५ गते समाचार महाशाखा प्रमुख डा नवराज लम्सालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संग लिएको अन्तर्वाताका क्रममा प्रधानमन्त्री ओलीलाई भस्मासुर शब्द प्रयोगमा रेडियो नेपाल विवादमा परेको थियो । जसमा कार्यकारी निर्देशक कार्कीले एक विज्ञप्ती मार्फत माफी मागेका थिए ।

