प्रधानमन्त्री, राष्ट्रपतिको भत्ता किन कटौती गर्न सकिएन?

काठमाडौं, १९ जेठ : नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले अहिलेको संकटको अवस्थामा कर्मचारीहरुको भत्ता कटाइरहँदा राष्ट्रपति, प्रधानमन्त्री लगायतका राष्ट्रका प्रमुखरुले पाउने तलब भत्ता नकाटेकोमा सरकारलाई प्रश्‍न गरेकी छन् ।

संसदमा पेश गरिएको विनियोजन विधेयकमाथि सोमबार छलफल गर्दै सांसद संग्रौलाले यस्तो प्रश्‍न गरेकी हुन । ‘कर्मचारीको भत्ता कटौती गर्ने भनिएको छ । प्रधानमन्त्री, राष्ट्रपतिसहित यो मुलुकको प्रमुख व्यक्तिहरुको भत्ता कटौती गर्न पर्छकी पर्दैन?,’ उनले भनिन्, ‘प्रतिपक्ष दलले सांसद विकास पूर्वाधार कोष कोरोना कोषमा ल्याऊँभन्दा अर्थमन्त्रीले आँखा चिम्लिनु भएको छ ।’

उनले खाडीबाट फर्कँदै गरेका नेपालीकाबारेमा सरकारले केही नसोचेको पनि जिकिर गरिन् । संग्रौलाले अहिलेको बजेट महिलामैत्री नभएको अर्को आरोप पनि लगाइन् ।

उनले अर्थमन्त्रीलाई आफू पनि पिएचडी डक्टर भएको बताउँदै अहिलेको बजेट स्वीकार्न नसक्ने बताइन् । उनले भनिन्, ‘अर्थमन्त्री पनि पिएचडी, म पनि पिएचडी त्यो आँखाबाट हेर्दा विचार गरियोस् भन्‍ने विनियोजन विधेयक कसरी विचार गर्न सकिन्छ अर्थमन्त्रीज्यू ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.