पर्सामा कोरोनालाई जितेर ४३ जना घर फर्किए

वीरगञ्ज, १२ जेठ : वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।
नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका संक्रमित निको भएको जिल्ला अस्पतालका प्रमुख जयमुद ठाकुरले जानकारी दिए । डिस्चार्ज गरिएका ४३ जनाको परीक्षण गर्दा लागातार दोस्रो रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको डा. ठाकुरले बताए ।
दुई जना सञ्चारकर्मी सहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका प्रमुख जयमुद ठाकुरले जानकारी दिए । यसैगरी डिस्चार्ज हुनेहरुमा दुई जना भारतीय नागरिक पनि रहेका छन् । यस्तै एक जना रौतहट र अन्य पर्सा जिल्लाका रहेको ठाकुरले बताए ।
४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए ।
यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए ।
