इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउलफित्र सोमबार 

विराटनगर, ११ जेठ : इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान (इदउलफित्र) सोमबार मनाउने भएका छन् ।

एक महिनासम्म चल्ने यो पर्वमा सो समुदायका धर्मावलम्बी दिनमा निराहार बसेर एक महिनाको रोजा व्रत आज पूरा गरेका छन् भने इदउलफित्र मनाउन तयारीमा जुटेका छन् ।

इदउलफित्र नमाज सामूहिक रुपमा इदगाहमा पढ्नुपर्ने र यसवर्ष कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने तथा मुलुकमा लकडाउन पनि कायमै रहेकाले यो नमाज घर घरमै पढ्न राष्ट्रिय मुस्लिम आयोगले जारी गरेको सार्वजनिक सूचना जनाइएको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४१ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

यसमा मुस्लिमले आफ्नो गच्छेअनुसार परिकार बनाएर खाने गर्छन् भने एकले अर्कालाई इद मुबारक भनेर शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.