गाई फार्ममा आगलागी, ५ वटा गाई जलेर मरे
काठमाडौं, ८ जेठ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकको एक गाई फार्ममा आगलागी भएको छ ।
गएराति भएको आगलागीबाट ५ वटा गाई जलेर मरेका छन् । केही गाई घाइते भएका छन् । बौद्ध प्रहरीका अनुसार सो गाई फार्म खड्ग ढकालले सञ्चालन गर्दै आएका थिए ।
गएराति करिब ९ बजेर ३० मिनेटमा आगलागी भएको र दमकलको सहयोगमा सवा १० बजेतिर नियन्त्रणमा लिइएको बौद्ध प्रहरीले जनाएको छ ।
खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति आगलागी हुँदा दुई लाख रूपैयाँ, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट १४ लाख १८ हजार ५ सय रूपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
