संक्रमण दर तीव्र हुँदै, एक सातामै १ सय ८३ थपिए

काठमाडौं, ५ जेठ : नेपालमा एक साताको अवधिमा कोभिड –१९ संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ मा संक्रमण देखिएको छ ।

९ माघमा २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय  ११ मा संक्रमण देखिएको थियो ।

यद्यपि, २१० दिन र एक सातामा थपिएका संक्रमित संख्या तुलना गर्दा एक सातामै दोब्बर बढी संक्रमित थपिएको पुष्टि भएको हो ।

गत २९ वैशाखमा २३, ३० वैशाखमा ८३, ३१ वैशाखमा २६, १ जेठमा ६, २ जेठमा १८, ३ जेठमा १४ र हिजो आइतबार थप १३ जनामा संक्रमण देखिएको छ ।

परीक्षण दायरा फराकिलो भएसँगै संक्रमितको संख्या बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.