थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो
काठमाडौं, १ जेठ : थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दहचोक, काठमाडौंका ७ वर्षीय बालक, धनुषाका १७ वर्षीय महिला र धादिङकी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमााडौंमा परीक्षण गरिएको थियो । तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ भने कोरोना संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएका छन् ।
