थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो
काठमाडौं, १ जेठ : नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् ।
यो संगैं राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको छ भने कोरोना संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएका छन् ।
