पक्राउ परेका पूर्व जर्नेल बस्न्यात र पूर्व एआईजी श्रेष्ठ थुनामुक्त

काठमाडौं, २७ बैशाख : नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको करिव दुई घण्टापछि छाडेको छ ।

प्रहरीका अनुसार लकडाउनको अवधिमा कुनैपनि सार्वजनिक कार्यक्रम निषेधित भएकाले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राऊ परेका बस्न्यात र श्रेष्ठले भने हामीले सामाजिक दुरी कायम राखेर कार्यक्रम सञ्चालन गरेका बताएका छन् ।

धुम्बाराही सामुन्‍ने शंकपार्कमा लिपुलेकमा भारतीय अतिक्रमणबारे पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जमा राखिएको थियो । आफूहरु पक्राउ परेको जानकारी बस्न्यातले पत्रकारहरुलाई दिएका थिए ।

‘नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोधमा पत्रकार सम्मेलन गरिरहेका थियौँ’, उनले भनेका छन्, ‘तर तत्कालै आएका प्रहरीले भारतको विरोध नगर्नू भन्दै पक्राउ गरेर महाराजगञ्‍जमा राखिएको थियो ।’

प्रहरीले हिरासतमा राम्रो व्यवहार गरेकोमा बस्नेतले प्रहरीलाई धन्यवाद दिएका छन् ।

यसअघि प्रहरीले दरबारमार्ग उत्तरढोका र माइतीघरबाट पनि विद्यार्थीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.